सन्राइज बैंकको टाँडी शाखा स्थानान्तरण

काठमाडौं । सन्राइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर नगरपालिका–२ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मिटरको दुरीमा स्थान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्तरूपमा उद्घाटन गरे ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो १०३ वटा शाखा, ११८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ सेवा र ४ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ५ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया