न्युजिल्यान्डको जित

एजेन्सी, ढाका । न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ । पहिलो दुई दिन वर्षाले प्रभावित टेस्टमा वाग्नरले सट बलमार्पmत बंगलादेशका पाँच ब्याट्सम्यानलाई सिकार बनाउँदै न्युज्यिलान्डलाई सफलता दिलाए । यसअघि पहिलो टेस्टमा पनि वाग्नरले पाँच विकेट लिँदा न्युजिल्यान्डले इनिङ र ५२ रनले जित निकालेको थियो । किफायती बलिङ गर्ने क्रममा ४५ रन मात्र खर्चिंदै वाग्नरले पाँच विकेट लिएपछि बंगलादेश २ सय ९ रनमै खुम्चियो ।

कप्तान महमुदुल्लाह रियादले सर्वाधिक ६७ रनको योगदान दिँदा मोहम्मद मिथुनले ४७ रन बनाउँदै बंगलादेशको इनिङ जोगाउने प्रयास गरे । वाग्नरकै बलमा आउट भएका महमुदुल्लाहले १२ चौका र एक छक्का तथा मिथुनले ७ चौका प्रहार गरे । न्युजिल्यान्डका तीव्र गतिका बलरसामु बंगलादेशका अन्य कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

वाग्नरसँगै टे«न्ट बोल्टले चार तथा म्याट हेनरीले एक विकेट लिँदै बंगलादेशको इनिङ धराशयी पारेका थिए । बंगलादेशले तीन विकेटको क्षतिमा ८० रन हुँदा पाँचौं दिनको सुुरुआत गरेको थियो । तर, अन्तिम दिनको खेलमा बोल्टले सौम्य सरकारलाई २८ रनमा आउट गर्दै ‘ब्रेक थु्र’ दिलाए ।

वाग्नरले पनि समालिएर ब्याटिङ गरिरहेका मिथुनलाई आउट गर्दै बोल्टलाई साथ दिए । त्यसपछि ब्याटिङमा आएका लिटन दासलाई पनि १ रनमै आउट गर्दै वाग्नरले न्युजिल्यान्डलाई छैटौं विकेट दिलाए । त्यसपछि पनि वाग्नरको आक्रमण रोकिएन ।

उनले नै तैजुल इस्लामलाई खाता नखोल्दै आउट गरेपछि न्युजिल्यान्डको फराकिलो जित पक्का बन्यो । अन्य ब्याट्सम्यान पनि तीव्र गतिको बलिङमा समालिन सकेनन् । बोल्टले नै मुस्ताफिजुर रहमानलाई १६ रनमा क्लिन बोल्ड गरे । इबादत हुसेन पनि हुक सट प्रहार गर्ने चक्करमा खाता नखोल्दै आउट भएपछि बंगलादेशको अन्तिम विकेट पतन भयो ।

त्यसअघि रोस टेलरले दोहोरो शतक बनाउँदा हेनरी निकोलसले शतकको योगदान दिएपछि न्युजिल्यान्डले ६ विकेट गुमाउँदा ४ सय ३२ रनमा इनिङ समाप्तिको घोषणा ग¥यो । टेलरले १९ चौका र चार छक्काको मद्दतमा २ सय रन बनाए । निकोलसले १ सय ७ रन जोड्दा ९ चौका प्रहार गरे ।  केन विलियम्सनले ११ चौका र एक छक्काको सहयोगमा ७४ रनको योगदान दिँदा न्युजिल्यान्डले विशाल स्कोर खडा ग¥यो ।

प्रतिक्रिया