समयमा काम सक्न मन्त्रीको निर्देशन

पाँचथर । प्रदेश एकका आर्थिकमामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवो मौसमले भौतिकपुर्वाधारका काम समयमा सक्न निर्देशन दिएका छन् । शनिबार पाँचथर प्रहरीको दुइ वटा ब्यारेक सिलान्यास गर्नेक्रममा मन्त्रीले यस्तो निर्देशन दिएका हुन ।

प्रहरी परिसरमा महिला प्रहरी तथा डिएसपी को आवासिय भवन सिलान्यास गरिएको छ । प्रदेश अर्थमन्त्री आङवोले करिव एक करोड ८० लाखमा भवन निर्माण हुने बताए । आङवोले सुरक्षा दिन आवास पहिलो आवश्यकता रहेकाले प्रदेश सरकारले प्राथमिकता दिएको जनाए ।

उनले ‘यस पल्ट जिल्लामा तिवटा ,खान्द्रुङ इलाका प्रहरीचौकी , अमरपुर इलाका प्रहरी चौकी , फाक्तेप प्रहरी चौकीको टेण्डर परिसकेको छ ।’ आङवोले भने ‘निर्माण हुने भवनहरू समयमा कतिपय जिल्लाहरूमा नसकिरहेको अवस्थामा पाँचथरमा भने समयमा सकिने विश्वास लिएको छु ।’ प्रहरी भवन निर्माण प्रकृयालाइ सफल पार्न ,प्रदेश भित्रका आठओटा जिल्लाका भवनलाई प्रदेश प्रहरीलाइ अख्तियारी दिएको उनले जनाए । सुरक्षा चुस्त राख्न प्रदेश सरकारले एक थान गाडीसहित १२ वटा मोटरसाइकल पाँचथरमा यही २९ गते हस्तान्तरण गरिने आङवोले घोषण गरे ।

उनले भने ‘अझ, थप सूचनासहितको उपकरण मोवायल बितरण हुनेछ ।’ यस्ता उपकरण र सवारीसाधन भयो भने तल्ला इकाइसम्म सुरक्षा दिन सकिने र अपराध मुक्त समाज वनाउन चाहेको आङवोको भनाइ थियो । उनले संविधान कार्यान्वयन गर्न सबै पक्षलाइ हातेमालो गरी नेपाल सरकार अगाडी बढेको जनाए । त्यसै सन्र्दभमा डिएसपी बस्ने भवन नभएर जाडोमा काम्दै सुत्नु परेकाले पाँचथर डिएसपी नरेन्द्र कुवरले पहल गरेकामा धन्यवादसमेत दिए ।

कार्यक्रममा जिससप्रमुख बिष्णु प्रसाद सापकोटा , मेयर ओनाहाङ नेम्वाङ, सिडिओ मुरारी वस्तीलगायतले सुरक्षाका चुनौती र अवसरका बारे शुभकामना दिएका थिए । प्रहरी प्रबक्ता अनिल पौडेलको सञ्चालनमा भएको सभालाइ , डिएसपी नरेन्द्र कुवरले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा राजनैति दल, वाणिज्य संघ , ट्राफिक , संचारकर्मी , निमार्ण व्यवसायिहरूको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया