अमेरिकामा लम्जुङका सुभाष घलेको गोली हानी हत्या

काठमाडौं । लम्जुङ घर भएका सुभाष घलेलाई अमेरिकामा गोली हानि हत्या गरिएको छ । गत बिहिबार अमेरिकाको केन्टकी शहरको एलिजावेथ टाउनमा हतियारधारीको गोलीबाट घलेसहित अन्य दूइको पनि मृत्यु भएको छ ।

नेपाली नागरिक सुभाष घलेले अमेरिकामै टी–मार्ट सञ्चालन गरेका थिए । सोही घटनामा अन्य दुई जनालाई पनि गोलि लागेर घाइते भएको र गोली चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको अमिरिकी एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया