स्पार्क अस्पतालले मनायो २७औँ वार्षिकोत्सव ।

काठमाडौं । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो स्पार्क अस्पतालले २७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले अस्पतालमा उपचारपछि निको भएका बिरामीहरूको विचार, उनीहरूको भोगाइ र अस्पताल बसाइको बारेमा समेटेर तयार पारिएको पुस्तक ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरिएको छ ।

योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिबाट अगाडि बढेको अस्पतालले २७ वर्ष पार गर्नु सामान्य कुरा नभएको बताए कार्यक्रममा सभापति एवं अस्पतालका अध्यक्ष टंक नाथ पौडेलले अस्पतालको यो सफलता र यो यात्रा आफ्नो भन्दा पनि सहयात्रीहरूको कारणले सम्भव भएको र बिरामीहरूको विश्वास र मायाकै कारणले सम्भव भएको बताए ।

कार्यक्रममा अस्पतालमा कार्यरत डा. विजय फुयाँललाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारीको पुरस्कार दिइयो । त्यस्तै, बिगत २६ वर्षदेखि स्पार्क अस्पतालले सञ्चालन गरेको योगा कक्षामा सहभागी भइआएका द्वय मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरियो ।

प्रतिक्रिया