एसिसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बिमासेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौताअनुसार एनसिसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रूपमा हस्ताक्षर गरे ।

प्रतिक्रिया