अन्तर्राष्ट्रिय थिएटर फेस्टिबल हुने

काठमाडौं । नेपाली नाटकलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने उद्देश्यका साथ नेपालमा अन्तर्राष्ट्रिय थिएटर फेस्टिबल हुने भएको छ । फ्रेबअरी २५ देखि सुरु हुने उक्त फेस्टिबलमा २८ वटा नाटक मञ्चन हुने आयोजक समूहले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आयोजकका अनुसार नेपालका विभिन्न रंगमञ्चका समूहलाई एकैथलोमा ल्याउने उद्देश्य राखे र फेस्टिबल गर्न लागेको हो ।

नेपाललगायत ८ वटा देशका नाटक उक्त फेस्टिबलमा मञ्चन हुनेछन् । मार्च ४ सम्म हुने फेस्टिबलमा दैनिक ४ वटा नाटक मञ्चन हुने छन् । मण्डला थिएटरमा साँझ ६ बजे, कोसी थिएटरमा दिउँसो ३ बजे, गोठालोे थिएटरमा दिउँसो साढे ४ बजे र कीर्तिपुर थिएटरमा दिउँसो १ बजे नाटक हेर्न सकिने आयोजकले जानकारी दिएको छ ।

नेपालबाट १२ वटा नाटक समावेश गरिएको उक्त फेस्टिबलमा नाटकको फरक–फरक सांस्कृतिक विषयमा समेत दैनिक कार्यशाला र बहस हुने रंगकर्मी तथा फेस्टिबलका निर्देशक राजन खतिवडाले जनाए । फेस्टिबलले रंगमञ्चमा सकारात्मक सोचको विकास गर्ने र यस क्षेत्रको विकासलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्देशक खतिवडाले बताए ।

प्रतिक्रिया