साङ्लाको दुध, गाईको भन्दा पनि पौष्टिक !

नयाँदिल्ली । आजसम्म तपाईंले गाई, भैँसी, बाख्रा लगायतका जनावरको दुध पिउनु भएको होला ! प्रोटिन लगायतका विभिन्न पोषक तत्व हुने दुधलाई निकै गुणकारी खानेकुरा मानिन्छ ।

स्तनधारीको दुध हुनु स्वाभाविकै हो । तर, के तपाईंले कुनै किट पतंगको दुधको बारेमा सुन्नुभएको छ ? अझ कीराको दुध ! गाईको दुधभन्दा पनि धेरै फाइदाजनक हुन्छ भन्ने सुन्दा सायद पत्याउनु हुन्न होला ।

हो, यो दुनियाँमा एउटा यस्तो प्रजातिको साङ्ला छ, जसले दुध दिन्छ । उक्त साङ्लाले अण्डा पार्दैन, बच्चा जन्माउँछ । उक्त साङ्लाको दुधमा अन्य जनावरको दुधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ ।

विश्वका विभिन्न देशका मानिसहरूले साङ्लाको सेवन गरिरहेका छन् । आउँदा दिनमा त्यहीँ साङ्लाको दुधले विश्वव्यापी बजार पिट्नेवाला छ ।

भारतका वैज्ञानिक सुब्रमण्यम रामास्वमइले यस विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार दुध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच हो ।

यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्दछन्, निकै स्वस्थ हुन्छन् । त्यसको मुख्य कारण चाहिँ साङ्लाको दुध नै हो । अध्ययनको क्रममा गाईको दुधमा भन्दा उक्त साङ्लाको दुधमा चार गुणा बढी पौष्टिक तत्व पाइन्छ । साङ्लाको दुधमा प्रोटिन क्रिस्टल नामको एक धातु पाइन्छ । जसले उक्त दुधलाई निकै पौष्टिक तथा शक्तिशाली बनाउँछ ।

प्रतिक्रिया