‘कप्स’ को गीत सार्वजनिक

काठमाडौं । सम्र्राट् सापकोटाले निर्देशन गरेको चलचित्र ‘कप्स’ को पहिलो गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ । आगामी २७ वैशाखबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको उक्त गीत राजधानीमा रिलिज गरियो । गायक विजय घिमिरे र गायिका नितु गुरुङको आवाज तथा यो गीतमा गायक घिमिरेकै शब्द र संगीत रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको यस गीतलाई युरोपियन मुलुक साइप्रसको विभिन्न सुन्दर स्थलमा खिचिएको छ ।

रोमान्टिक पाराको यस गीतमा चलचित्रका मुख्य अभिनेता अनुपविक्रम शाही र अभिनेत्री सन्दिपा लिम्बूको रोमान्स छ । निर्देशक सापकोटाले गीतलाई भिजुअलको रूपमा सुन्दर बनाउनकै लागि साइप्रस पुगेको बताए । उनले भने, ‘त्यहाँको सुन्दर र ऐतिहासिकस्थलमा गीतको छायांकन गरिएको हो । गीत दृश्यका दृष्टिले निकै आकर्षक बनेको छ ।’

बिपिन घिमिरेको सम्पादन रहेको चलचित्र ‘कप्स’ को यो गीतमा शिखर खातीको कोरियोग्र्र्र्र्र्राफी रहेको छ । यो चलचित्रलाई सम्राट सापकोटा र राम शाक्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रलाई राम्रो बनाउन आफूहरूले लगानीमा कुनै सम्झौता नगरेको निर्माता शाक्यले जिकिर गरे । चलचित्रमा अनुपविक्रम र संदीपासँगै अनुपमा भण्डारी, अमित गिरी, राजाराम क्षत्री, सुन्दर श्रेष्ठ, निरुता स्याङतान लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया