पाकिस्तानसँग एक / एक हिसाब लिन्छौँः मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरूको लडाइँ कस्मिर जनताविरुद्ध नभएको बताएका छन् ।

पलुवामा घटनापछि कस्मिरी नागरिकमाथि देशका विभिन्न भागमा ज्यादती भइरहेका वेला मोदीले आफूहरू कस्मिरको रक्षाका लागि लडिरहेको बताए । राजस्थानमा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हाम्रो लडाइँ कस्मिरका लागि हो । कस्मिरीको विरुद्ध होइन ।’

कस्मिरका बच्चासमेत आतंकवादबाट पीडित रहेको र उनीहरू यसलाई अन्त्य गर्नका लागि अनि साथ दिनका लागि तयार रहेको भन्दै मोदीले आफूहरूले उनीहरूलाई साथमा लिएर जाने स्पष्ट पारेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

मोदीको यो अभिव्यक्तिको जम्मु कस्मिरका पूर्व मुख्यमन्त्री एवं नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले स्वागत गर्दै आफूहरूको मनको कुरा बोलेकोमा धन्यवाद दिएका छन् । प्रधानमन्त्री मोदीले पाकिस्तानसँग एक÷एक हिसाब लिने चेतावनीसमेत दिए । भारतले उठाएका पछिल्ला कदमले पाकिस्तानमा हंगामा मच्चिएको दाबी गर्दै यो जारी रहने उनले बताए । उनले आफूहरूको लडाइँ आतंकवाद र मानवताका दुश्मनविरुद्ध जारी रहने पनि स्पष्ट पारे ।

प्रतिकार गर्ने हाम्रो हक होः पाकिस्तानी सेना

शुक्रबार एक पत्रकार सम्मेलन गरेर पाकिस्तानी सेनाले पुलवामा भएको हमलामा पाकिस्तानलाई जबरजस्ती मुछिएको भन्दै कडा प्रतिक्रिया दिएको छ ।

सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले उक्त हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न उठेको बताए । फेब्रुअरी–१४ मा भारतीय अर्धसैनिक बल सिआरपिएफका जवानहरू चढेको गाडीको लस्करमाथि जैस–ए–मोहम्मद नामक समूहले गराएको आत्मघाती हमलामा परी ४० जनाभन्दा धेरैको ज्यान गएको थियो ।

भारतले सो घटनाका निम्ति पाकिस्तानलाई जिम्मेवार ठह¥याएको छ । तर, पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ । मेजर जनरल गफुरले भने, ‘पाकिस्तानले यो हमला भएपछि राम्ररी सोच्यो छानबिन ग¥यो र जिम्मेवार सरकारको रूपमा प्रतिक्रिया दियो । ‘हाम्रा प्रधानमन्त्रीले भारतलाई पहिले कहिल्यै नदिइएको प्रस्ताव दिएका छन् ।’ उनले भनेका छन् ‘यदि, प्रमाण भेटियो भने कसैको दबाबमा होइन कि हाम्रो आफ्नै स्वार्थले त्यस्ता समूहविरुद्ध कारबाही गर्नेछौँ ।’

‘हामीले जाँचबुझ ग¥यौँ त्यसैले जवाफ दिन केही ढिलाइ भयो । तर, हामीले गरेको जाँचबुझबाट पाकिस्तानमाथि लगाइएका आरोप आधारहीन पाइएका छन् ।’ मेजर जनरल गफुरले के भने ।

–नियन्त्रण रेखाभन्दा मिलौँ टाढा घटना भएको छ । जुन विस्फोटक सामग्री प्रयोग भएको छ त्यहीँको सुरक्षाबलले त्यसलाई जुटाएको हो । यहाँ पाकिस्तानबाट लगिएको होइन ।
जुन गाडीको प्रयोग गरी घटना भयो त्यो स्थानीय गाडी हो । पाकिस्तानबाट लगिएको होइन ।

–जुन युवाले यो चरमपन्थी हमला गराए ती त्यहीँका स्थानीय हुन् । उनले भारतमाथि पाकिस्तानभित्र आतंकवादलाई भड्काएको पनि आरोप लगाए । पाकिस्तानमा जब–जब कुनै महत्वपूर्ण कार्यक्रम आयोजना हुन लाग्छ तब–तब यस किसिमका हमलाका घटना हुने गरेको उनले बताए ।

पुलवामा हमलाको वेला पनि पाकिस्तानमा आठवटा महत्वपूर्ण कार्यक्रमहरू हुन लागेको बताउँदै यस्तो वेला पुलवामामा हमला गराएर पाकिस्तानलाई के फाइदा ? भन्दै उनले प्रश्न गरे ।

यही वेला साउदी अरेबियाका युवराजको भ्रमण तथा लगानी सम्मेलन हुन लागेको अनि यही समय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आतंकवादी सूचीबारे छलफल हुन लागेको उनले उदाहरण दिए ।

साथै, यो वेला भारतमा चुनावी चहलपहल भइरहेको भन्दै चुनावकै मुखमा यस्तो घटना किन हुन्छ भन्नेबारे सोचविचार गर्नुपर्ने बताए । मेजर जनरल गफुरले भारतमा पाकिस्तानले युद्धको तयारी गरिरहेको चर्चा चल्दै गरेको भन्दै खासमा पाकिस्तानले कुनै तयारी नगरेको बरु भारतले नै युद्धको धम्की दिइरहेको बताए ।

‘हामी सुरु गर्दैनौँ । तर, यदि कसैले कारबाही गर्छ भने हामी जवाफी कारबाही गर्नेछौँ । प्रतिकार गर्ने हाम्रो हक छ’ उनले भने । ‘पाकिस्तानी सेना अब पहिलेको जस्तो छैन । हामी धेरै कठिन संघर्ष पार गर्दै आफ्नै खुट्टामा उभिएका छौँ ।

प्रतिक्रिया