वेस्ट इन्डिजको जित

एजेन्सी, ब्रिड्जटाउन । वेस्टइन्डिजले इंग्ल्यान्ड विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार २६ रनको जित निकाल्दै पाँच खेलेको शृंखला १–१ को बराबरी गरेको छ । घरेलु मैदान केनसिङ्टन ओभलमा कोट्रेलले पाँच विकेट लिँदै इंग्ल्यान्डका महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गरेपछि वेस्ट इन्डिजले जित निकालेको हो । दुई दिन अगाडि ३ सय ६० रनको योगफल बनाएको वेस्टइन्डिजले बलिङको साथ नपाएपछि ६ विकेटको स्तब्धपूर्ण हार बेहोरेको थियो ।

तर, जमैकन लेफ्टआर्म तीव्र गतिका बलर कोट्रेलले पाँच लिँदा ४६ रन मात्र खर्चिंदै शीर्ष क्रमका ब्याट्सम्यानलाई आउट गरेपछि वेस्टइन्डिजले शृंखलामा फर्कने अवसर पायो । वेस्टइन्डिजले प्रस्तुत गरेको २ सय ८९ रन पछ्याएको इंग्ल्यान्ड एकसमय जित नजिक पुगे पनि अन्तिम ६ विकेट गुमाउँदा ३५ रन मात्र बनायो ।

त्यसअघि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८९ रन बनाएको थियो । सिमरन हेटमायरले १ सय ४ रनको नटआउट इनिङ खेल्दै घरेलु टोलीलाई विशाल योगफलतर्पm डो¥याएका थिए । हेटमायरले ८३ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । ओपनर क्रिस गेलले ५० रनको अर्धशतकीय पारी खेल्दा अर्का ओपनर जोन क्याम्बेलले २३ रनको योगदान दिए ।  अदिल रसिदको बलमा बोल्ड हुनुअघि गेलले ६३ बल खेल्दै एक चौका र ४ छक्का हिकाए । साई होपले ३३ र ड्वान ब्राभोले २५ रन जोडेपछि घरेलु टोलीले विशाल लक्ष्य बनाएको थियो । इंग्ल्यान्डका लागि मार्क वुड, रसिद, लियम प्लङ्केट र बेन स्टोक्सलेसमान एक विकेट निकालेका थिए ।

जबाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले निकै खराब सुरुआत गर्दा दुई जोनी बेस्ट्रो र जेसन रोयलाई तेस्रो ओभरको पहिलो ओभरमै गुमायो । कोट्रेलले पहिलो ओभरको दोस्रो बलमा बेस्ट्रोलाई खाता नखोल्दै एलबिडब्लु शिकार बनाउँदै पाहुना टोलीलाई ठूलो झड्का दिए ।
त्यसपछि तेस्रो ओभरमा बलिङ गर्न आएका कोट्रेलले पहिलो बलमै रोयलाई २ रनम क्लिन बोल्ड गरे । यद्यपि, इंग्ल्यान्डको तेस्रो विकेटका लागि जोय रुट र इयान मोर्गनले ५८ रनको सोझेदारी गर्दै आफ्नो टोलीको इनिङ समाले । तर, रुट पनि ३६ रन बनाएर पवेलियन फर्केपछि एकपटक फेरी पाहुना टोली दबाब प¥यो ।

चौथो विकेटका लागि मोर्गनले बेन स्टोक्ससँग ६९ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाए । कोट्रेलले मोर्गनलाई ७० रनमा पवेलियनको बाटो देखाए । ८३ बल खेलेका मोर्गनले ५ चौका र तीन छक्का प्रहार गरे । एकतर्पmबाट क्रिज समालिरहेका स्टोक्स पनि ७९ रन आउट भएपछि इंग्ल्यान्डको इनिङ धरासयी बनेको थियो । जोस बटलरले इनिङ सम्हाल्ने प्रयास गरे पनि जेसन होल्डरले बलमन आउट भए ।
४१.३ ओभरमा आउट भएका बटलरले ३४ रन बनाउँदा समान दुई चौका र छक्का हिर्काए । त्यसपछि भने इंग्ल्यान्डका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा वेस्टइन्डिजले ४७.४ ओभरमै खेल आफ्नो बनायो ।

प्रतिक्रिया