बालबालिकाप्रति नागरिक समाजको चासोे

सल्यान । बाल अधिकारको संरक्षण र सम्बद्र्घनका लागी नागरिक समाज संजाल सल्यानले विभिन्न कार्यक्रम गर्ने भएको छ  । बालअधिकाका विषयमा सरोकारवालाको ध्यानाकर्षण गर्न संजाले योजना बनाएर अगाडि बढ्ने भएको हो ।

कर्णाली प्रदेशमा बाल विवाहको अवस्थामा हेर्ने हो भने सबैभन्दा बढी सल्यानमा ७४ प्रतिशत बालविवाह हुने गरेको एक तथ्याँकले देखाएको छ । साबिको महिला तथा बालबालिका कार्यालय सुर्खेतले ०६८ सालमा संकलन गरेको तथ्याँकमा यस्तो भेटिएको हो ।

यस्तै दलित विकास समाज सल्यानले ०७३-०७४सालमा साविकका १० वटा गाविसबाट संकलन गरेको तथ्याँकमा साढे ६ सय बढी बालबालिका जोखममा रहेको पाइएको छ ।

जसअन्तर्गत आमाको मनोसामाजिक समस्याले जोखिममा परेका बालबालिकाको संख्या १, कुपोषित बालबालिका ५४, बाल बालिकाले नेतृत्व गरेका परिवार ३, यौन दुब्र्यवहार ८, बाल श्रमिक ४,वेवास्ता वा परित्याग गरिएका १ सय १७, बुवा आमा गुमाएका १सय३५, बुवा मात्र गुमाएका १ सय ३१,आमा मात्र गुमाएका३४, अपांग बालबालिका ७३, बुवाले छोडेका ४,आमाले छोडेका ३,अति गरिव १ सय ३१ गरि जम्मा ६ सय ९८ बालबालिका जोखिममा रहेको पाइएको छ ।

पछिल्लो समय बालअधिकारका क्षेत्रमा कमै चासो देखिन थालेपछि यस तर्फ सल्यानका सरोकारवालाको ध्यानाकर्षण गर्न संजालले पहल थालेको छ । एकीकृत परियोजना अन्तरगत बाल अधिकारको संरक्षण र सम्बर्धनका लागी जिल्लास्तरीय नागरिक समाज संजालका प्रतिनिधिहरूका लागी शुक्रवार र शनिवार दुइ दिन सम्म गोष्ठी संचालन गरेको अध्यक्ष केसीले जानकारी दिए ।

संजालले बालबालिकाको क्षेत्रमा आगामी एक वर्ष भित्र गर्ने कामको योजना सार्वजनिक गरेको छ । शनिबार संजालका अध्यक्ष ज्ञानेश्वर केसीले यस संजालले बालबालिकाका क्षेत्रमा विभिन्न निकाय संग समन्वय गरेर यस क्षेत्रमा काम गर्ने बताए ।

गोष्ठीमा सहभागी संजालका सदस्य तथा सरोकारवालाहरूले बालबालिकाको संरक्षणका लागी योजना बनाएका हुन् । संजालका सदस्य सचिव गुमान सिंह नेपालीले सहजीकरण गरेको गोष्ठीमा सहभागीहरूले पछिल्लो समय बालबालिकाको क्षेत्रमा जोखम बढ्न थालेको भन्दै यस विषयमा सबैले चासो राख्नुपर्ने बताए ।

गोष्ठीमा सहभागी संजालका सदस्य तथा सरोकारवालाहरूले एक वर्ष भित्र सबै स्थानीय तहमा स्थानीय तहसँगको सहकार्यमा नगरपालिका र गाउँपालिका स्तरीय बाल अधिकार संरक्षण तथा सम्बर्धन नागरिक समाज संजाल गठन गर्ने योजना बनाएको छ ।

यस्तै संजालका सदस्यहरूको क्षमता अभिवृद्घि सम्बन्धीको तालीम संचालन गर्ने,बालबालिका माथि हुने सबैखाले हिंसाका घटनाहरूको अनुगमन र आवश्यकता अनुसारका मुद्दा दर्ता गर्ने योजना रहेको संजालका सदस्य सचिव नेपालीले बताए । संजालले राष्ट्रीय तथा अन्तराष्टिय बाल दिवस मनाउने भएको छ ।

प्रतिक्रिया