तस्विरमा ‘द्वन्द्वका जीवित स्मृतिहरू’

ललितपुर । दशवर्षे द्वन्द्वका क्रममा अपाङ्गता भएका व्यक्तिको परिवेश र जिवन झल्कने तस्विर प्रदर्शनी भएको छ । स्टाफ कलेजमा फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म चलेको थियो ।

जर्मन अन्र्तराष्ट्रिय सहयोग निकाय र द्धन्द्धपिडित साझा चौतारीले संयुक्त रूपमा सो कार्यक्रम आयोजना गरेको होे । प्रदर्शनीमा ‘संक्रमणकालिन न्यायको वर्तमान प्रक्रिया’, ‘अन्र्तराष्ट्रिय मानविय कानुन र आइसिआरले नेपालमा गर्ने काम’, ‘न्यायको पुनः परिभाषा’, ‘शान्ति तथा स्मृति केन्द्रका बारेमा छलफल’ लगायत विविध अन्र्तक्रियात्मक कार्यक्रमहरू समावेश थिए ।

प्रदर्शनीमा फोटो कथासंगै पिडित स्वयम्को भोगाइ अडियोमा पनि राखिएको थियो । जसमा मकैबारीमा काम गर्दागर्दै गोलीको छर्राले दृष्टिविहिन बनेका कालिकोटका १९ वर्षीय आनन्द कार्की, सुराकीको आरोपमा बन्चरोले हानेर दुवै खुट्टा गुमाएका बर्दियाका ५१ वर्षीय अशोक सोडारी, बाख्रा चराउन जादा जंगलमा भेटिएको सामग्री खेलाउदै गर्दा दुवै हात गुमाएका ३२ वर्षीय सुरेन्द्र खत्री, गर्भवती हुँदा माओवादी र सेनाबाट लात खानु परेकी दैलेखकी ४६ वर्षीय कली परियारलगायत अन्य १४ जनाको फोटोकथा समावेश थिए । युद्धका जीवित स्मृतिहरू बोकेको फोटोकथाले प्रदर्शनीलाई ऐतिहासिक बनाइदिएको आयोजक तथा प्रदर्शकहरूको भनाई छ ।

सन् १९९६ देखि २००६ बीच चर्केको एक दशक लामो द्धन्द्धमा १७ हजार भन्दा बढिले ज्यान गुमाएका थिए । १३ सय भन्दा बढि बेपत्ता पारिए, भने हजारौँले विभिन्न मानसिक तथा शारिरिक यातनाका शिकार बने ।

द्धन्द्धले अपाङ्ग बनेका मानिसको आधिकारिक तथ्यांक छैन । यस्ता नागरिकलाई राज्यले वेवास्ता गरिदिएको छ । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष र सत्य निरूपण तथा मेलमिलाप आयोग भएको ३ वर्ष वितिसक्यो । तैपनि द्धन्द्धपिडितहरू युद्धका स्मृति बोकेर अझै न्याय पाउने आशमा बाचिरहेका छन् ।

‘यद्धका जीवित स्मृतिहरू’ शीर्षकको प्रदर्शनीमा ५० जना अपाङ्गता भएका द्धन्द्धपिडितको सहभागिता रहेको थियो भने ५ हजार भन्दा बढि व्यक्तिले कार्यक्रमको अवलोकन गरेको आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया