वामपन्थी अगुवा श्रेष्ठको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठका हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले श्रेष्ठको शनिवार दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि गत माघ १८ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

यस्तै उनले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत संघको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘माक्र्सवाद र जातीय सवाल’लगायत माक्र्सवादी पुस्तकको अनुवाद गरेका थिए ।

दर्जनौँ मौलिक माक्र्सवादी कृति र दर्जनौँ अनुदित माक्र्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल मार्क्स व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘माक्र्सवाद चिनारी पुस्तकमाला’ जस्ता माक्र्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौँ कृति रहेका छन् । श्रेष्ठले नेपालका कम्युनिस्ट पार्टीको एकताको सवालमा लामो समयदेखि नै प्रयास गर्दै आएका थिए ।

प्रतिक्रिया