तनहुँकाे दुर्घटनामा दुईको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीको डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका १२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका १४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा राखीएको ।

प्रतिक्रिया