गुडविल फाइनान्सको नगद लाभांश पारित

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई ५ दशमलव २ सय ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न फाइनान्सको २४औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट सेयरधनीलाई सो मात्रा अर्थात् ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आवमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, चालु आवको दोस्रो त्रैमासिकमा संस्थाले ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन प्रथम त्रैमासिकको तुलनामा २ करोड ७० लाख रुपैयाँ बढी हो । संस्थाले चालु आवको असोज मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी, चालु आवको असोज मसान्तमा ५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले पुस मसान्तसम्ममा ५ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँबाट वृद्धि गरी ४ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ । त्यस्तै, आव ०७३÷७४ को तुलनामा आव ०७४ र ७५ मा संस्थाको मूल्य आम्दानी अनुपातमा वृद्धि भएको छ । त्यसैगरी, ब्याज आम्दानी तथा कर्जा तथा सापट, कुल कर्जा निक्षेप र कुल सञ्चालन खर्च तथा कुल सम्पत्तिमा वृद्धि भएको छ ।

आव ०७३ र ७४मा १२ दशमलव ८८ प्रतिशतले बढेको संस्थाको आधार व्याजदर ०७४÷७५ मा १३ दशमलव ५७ प्रतिशतले बढेको छ । संस्थाले निक्षेप र कर्जा दुवैमा वृद्धि भए पनि संस्थाको खुद नाफामा भने गिरावट देखिएको छ । आव ०७३÷७४ को तुलनामा ०७४÷७५ मा संस्थाको खुद नाफा ६ दशमलव ३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १५ दशमलव १७ प्रतिशत बढी नाफा कमाएको संस्थाले गतवर्ष जम्मा ८ दशमलव ८३ प्रतिशत कमाएको छ ।

प्रतिक्रिया