मोदीले पाए सिउल शान्ति पुरस्कार

एजेन्सी, सिउल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सन् २०१८ को सिउल शान्ति पुरस्कार पाएका छन् । दक्षिण कोरियाको भ्रमणमा रहेका उनलाई सिउलमा शुक्रबार आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।  उनलाई विश्वमै र क्षेत्रीय रूपमा पनि आर्थिक विकासका लागि मद्दत पु¥याएको भन्दै सो पुरस्कार दिइएको पुरस्कारको संस्थापक संस्थाले जनाएको छ ।

सिउल पिस प्राइज फाउन्डेसनले सो पुरस्कार सन् १९९० देखि हरेक वर्ष प्रदान गर्दै आएको छ । यसअघि संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नान, जर्मनीका चान्सलर एन्जिला मर्केल लगायतले सो पुरस्कार पाइसकेका छन् ।  २४औँ ओलम्पिक खेल सिउलमा सफलतापूर्वक सम्पन्न भएको सन्दर्भ बनाएर सो फाउन्डेसनले हरेक वर्ष सो पुरस्कार दिँदै आएको छ ।

प्रतिक्रिया