अविरल वर्षाबाट २८ को मृत्यु

एजेन्सी, इस्लामाबाद । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ ।  स्थानीय सञ्चार माध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको सुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चार माध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका कारण चार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।  यस प्रकोपपछि उद्धार कार्यका लागि चारवटा हेलिकोप्टरको प्रयोग गरिएको मुख्य मन्त्रीले बताएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा पहिरोमा परी र हिमपातको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सो विज्ञप्तिमा जनाइएको छ ।

पाकिस्तान अधिनस्थ कस्मिरमा वर्षासँगै सम्बन्धित घटनामा परेर एक बालकको मृत्यु भएको छ । हिमपात र भारी वर्षाको कारण देशका कैयौँ पहाडी इलाकामा सडकहरू तथा विद्युतीय लाइनहरू पनि अवरुद्ध भएका छन् ।

प्रतिक्रिया