सन्दीपलाई पहिलो खेलमै तीन विकेट

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिपिएल) को पहिलो खेलमै तीन विकेट लिएका छन् । लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले शुक्रबार भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओधरमा उनले लगातार विकेट लिन सफल भए । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए । त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले सोयव मलिकको विकेट लिन सफल भए । तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए ।

यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो । सन्दीपले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए । आन्द्रे रसेल वेस्टइन्डिजका विश्वचर्चित खेलाडी हुन् भने सोएब मलिक पाकिस्तानका चर्चित खेलाडी हुन् ।

प्रतिक्रिया