टी बर्गर र लाहुरे फाइनलमा

काठमाडौं । टी बर्गर र एसएनकेसी लाहुरे प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा बर्गरले कीर्तिपुर भेट्रानलाई २–१ गोलले पराजित ग¥यो । बर्गरका ‘म्यान अफ द म्याच’ राजकुमार केसी र रविन व्यञ्जन्कारले गोल गरे । कीर्तिपुरका सुधिर महर्जनले गोल गरे ।

अर्को सेमिफाइनलमा लाहुरेले नमुना युथ क्लब, रूपन्देहीलाई सडनडेथमा हरायो । निर्धारित समयको खेल १–१ गोल बराबरीमा टुंगिएको थियो । लाहुरेका राजेन्द्र गौतम ‘म्यान अफ द म्याच’ चुनिए । शनिबार हुने फाइनलको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया