कविता – ‘चाहिँदैन’

धना आचार्य

 

१. तर्किएर हिँड्छौ भने अब फेरि बोलाइँदैन ।
चर्किएर फुटेपछि मुटु फेरि जोडिँदैन ।।
तिम्रो नजर छुरा रहेछ फर्केर अब हेरिँदैन,
भो पुग्यो अब मलाई तिम्रो साथ चाहिँदैन ।।

२. धोका खानुसम्म खाइसकेँ अब खाइँदैन ।
पहिलो प्रेममै धोका पाएँ अब मायाँ लाईंदैन ।।
संसारबाटै बिलाएपछि खोज्दा फेरि पाइंँदैन ।
साटोमा दिएको चिज अब मलाई चाहिँदैन ।।

३. एकचोटि आऊ भन्यौ अब फेरि आईंदैन ।
त्यागेको बाटोमा अब कहिल्यै गईंदैन ।।
विगतमा झैँ होस गुमाएर फेरि बेहोस भईंदैन ।
बेहोसिमै राख्नेहरू अब मलाई चाहिँदैन ।।

४. जति भिज्नु मुटु पहिल्यै भिज्यो नयन अब भिजाइँदैन ।
तिमीलाई भुल्न जति रोएँ अब कहिल्यै रोइँदैन ।।
यो नाममा अब तिम्रो नाम कहिल्यै जोडिँदैन ।
नाम मात्रैको मित्र कहिल्यै मलाई चाहिँदैन ।।

५. तिम्रो क्षमता छ भन्दैमा जस्तो पनि पिडा सहिँदैन ।
शब्दरूपी वाण खेप्न एकान्तमा गईंदैन ।।
तिमीजस्तो निष्ठुरी यो संसारमा खोजेर नि पाइँदैन ।
तिमीजस्तो निष्ठुरीको साथ मलाई कहिल्यै पनि चाहिँदैन ।।

प्रतिक्रिया