आयो, चलचित्र ‘जानी नजानी’को ट्रेलर (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ । लभ, विछोड, जिम्मेवारीको कथामा तयार भएको यो चलचित्रको ट्रेलर कलरफूल छ । चलचित्रको ट्रेलरले यूवापुस्तालाई आकर्षित गर्ने देखिन्छ ।

रोशनी केसीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्न्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको मुख्य भूमिका छ ।

चैत्र १ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको कथा मनिष र रोशनीको वरिपरी घुमेको देख्न सकिन्छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन छ ।

https://www.youtube.com/watch?v=8eJkOTlrQxc 

प्रतिक्रिया