चन्द्रनिगाहपुरमा अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने

प्रिमेश शिवाकोटी, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा फागुन १७ र १८ गते प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । दुई नम्बर प्रदेशमै पहिलो पटक रौहतटको चन्द्रनिगाहपुरमा हुन लागेको अन्र्तराष्ट्रिय कराँते  प्रतियोगितामा बंगलादेश, भुटान,भारत र नेपाल सहित ४ देशको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैबिच प्रतियोगितामा सहभागीहुने आयोजक टिमका लागि आवश्यक खेल सामाग्री समेत बितरण गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सो प्रतियोगिताका लागि आवश्यक पर्ने बिभिन्न खेल सामाग्री बितरण गरेको हो ।

खेल सामाग्री बितरण कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले खेलका माध्यमबाटनै स्वास्थ्य नागरिक बन्ने र खेलकै माध्यमबाट समेत देशको नाम उच्च राख्न सकिने भएकाले खेलकुद भएका कारण आफुले खेल जगतको बिकासका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।

रौतहट जिल्लामा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुन लागेका कारण आफुले सो प्रतियोगिता सफल बनाउनका लागि करिव एक लाख ५० हजार बराबरको खेल सामाग्री दिएको ५ नम्बरका वडा अध्यक्ष संजय काफ्लेले जानकारी दिए ।

चन्द्रपुर नगरपालिका वाडनं ५ ले ४० थान ट्रयाकसुट ,ग्लोवस ,चेष्ट गार्ड , गमशिल, किक ब्याग लगाएका सामाग्री उपलब्ध गराएको हो । सामाग्री बितरण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रिद्धिप्रकाश शिटौलाले खेलका माध्यमबाट देशमा स्वास्थ्य नागरिक बन्ने भएकाले स्वास्थ्य नागरिकले मात्र देश र समाजका लागि केही गर्न सक्ने बताए ।

सो कार्यक्रममा मध्यामाञ्चल खेलकुद विकास समितिका उप निर्देशक सुरेन्द्र श्रेष्ठ ,स्वयमसेवक प्रशिक्षकहरु भुमिलाल भोलन ,भिम पहरी ,बिष्णुलाल श्रेष्ठलाई प्रमुख अतिथि नगर प्रमुख चौधरी र वडाअध्यक्ष काफ्लेले खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका कानुनी सल्लाहकार बिपिन गौतमले खेलका माध्यमबाट देशको प्रतिष्ठा बढाउने माध्यमनै खेलकुद भएकाले नगरपालिकाले खेल विकासमा जोड दिनुपर्ने धारणा राखेका थिए ।

चन्द्रपुर नगरपालिका वडानं ५ले उपलब्ध गराएको खेल सामाग्रीबाट कराँते खेलाडीहरुको मनोबल उच्च भएका कारण अन्य वडाले समेत कराते खेलको विकासमा सहयोग गर्नुपर्ने सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडीले बताए ।

प्रतिक्रिया