नेपाल कायक एन्ड र्याफ्टिङ क्लबलाई उपाधि

चितवन । तेस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपमा नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले उपाधि जितेको छ ।  नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशुली नदिमा बिहीबार सम्पन्न प्रतियोगितामा नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो ।

नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले स्प्रीन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३०० पूर्णाङ्क) र डाउन रिभर (४०० पूर्णांक) मा शतप्रतिशत अंक प्राप्त गरेको थियो । च्याम्पियन टिमले अन्तिम दिन भएको स्लालोम र डाउन रिभर पनि उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा निकाल्यो । ओभरलमा उपविजेता भएको प्याडल नेपाल ‘बी’ ले ८ सय ४ अंक प्राप्त गर्यो ।

प्याडल नेपालले स्प्रीन्टमा ८८ अंक र हेड टु हेडमा १ सय ७६ अंक प्राप्त गरेको थियो । बिहीबारको दुई विधामा प्याडल नेपालले स्लालोममा २ सय ६४ र डाउन रिभरमा २ सय ७६ अंक हासिल गर्दै दोस्रो स्थानमा उभ्याएको हो । त्यस्तै तेस्रो भएको नेपाल कायक क्लबले समग्र चार विधामा ८ सय ८७ अंक प्राप्त गरेको थियो ।

अन्तिम दिनको दुई विधा स्लालोममा २ सय ३७ अंक र डाउन रिभरमा ३ सय ५२ अंक प्राप्त गरेको थियो । नेपाल कायक क्लबले यसअघि बुधबारको स्प्रीन्टमा ७२ अंक र हेड टु हेडमा १ सय २६ अंक जितेको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘बी’ ७ सय २४ अंकका साथ चौथो र पाँचौं भएको त्रिभुवन आर्मी ‘ए’ ले ७ सय २ अंक प्राप्त गर्यो । शीर्ष तीन स्थान प्राप्त गर्ने टिमले ट्रफी र मेडल प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई इच्छा कामना गाउँपालीकाका अध्यक्ष गीता गुरुङ, पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई र आयोजक संघका अध्यक्ष मानबहादुर न्यौपाने लगायतले पुरस्कृत गरे । प्रतियोगितामा एक विभागीयसहित कुल ११ टिमले प्रतिस्पर्धा गरेको संघका सुदीप गौतमले जानकारी दिए । ¥कुल ११ टिम रहेका र्याफ्टिङमा प्रत्येक टिममा ८ सदस्य खेलाडीको सहभागिता रहेको थियो । व्यक्तिगत विधाको कायकमा भने २८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया