एजिएम र मानाङ्क क्वार्टर फाइनलमा

काठमाडौं । अभिषेक ज्ञान मन्दिर (एजीएम) र मानाङ्क चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एजीएमले कौतिल्यलाई २–१ गोलले पराजित ग¥यो । एजीएमका विवेक गुरुङले दुवै गोल गरे । कौतिल्यका विकास गौतमले १ गोल फर्काए । कौतिल्यका आनन्द शाही ‘म्यान अफ द म्याच’ घोषित भए । मानाङ्कले प्रीतिमालाई २–० गोलले हरायो । मानाङ्कका सुदीप लामा र सुदीप तितुङले गोल गरे । प्रीतिमाका आयुश लामा ‘म्यान अफ द म्याच’ ठहरिए ।

काँडाघारीस्थित अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा श्रमशील विद्यापीठ र करियर पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे । श्रमशीलले पूर्व विजेता बेस्ट ग्रुप भिजनलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगायो । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । वेस्ट ग्रुपको पराजयसंगै प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ । दुईपटकको विजेता नेक्सस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । वेस्ट ग्रुपका अनिश खड्गी ‘म्यान अफ द म्याच’ चुनिए ।

करियर पनि पेनाल्टी सुटआउटमा विजयी हुने क्रममा ग्रामर पब्लिकलाई ४–३ गोलले पाखा लगायो । निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । ग्रामरका समृद्ध कार्की ‘म्यान अफ द म्याच’ बने ।

प्रतिक्रिया