अवैध बालुवा उत्खननविरूद्ध स्थानीयवासी

शुकदेव थपलिया, काभ्रे । केही दिनअघि मात्रै काभ्रे जिल्लामा सञ्चालनमा रहेका सबै क्रसर उद्योगहरू मापदण्डविपरीत रहेको एक प्रतिवेदन सार्वजनिक जिल्ला समन्वय समितिले निकालेको थियो । काभ्रेको तेमाल गाउँपालिका २ चुखावेशीमा अवैध रूपमा बालुवा उत्खनन गरेको भन्दै स्थानीयवासीहरू आन्दोलनमा उत्रेका छन् ।

बालुवा उत्खनन्का लागी गाउँपालिकासँग एक किसिमको सम्झौता भएको र फिल्डमा काम अर्काे भएको भन्दै उनीहरूले बिरोधमा उत्रेको हुन् । स्थानीयका अनुसार व्यवसायीहरूले ९० सेन्टिमिटर गहिरो उत्खनन् गर्ने सम्झौता भए पनि १० मिटरसम्म गहिराइमा गएर उत्खनन गरेको बताएका छन् ।

स्थानीय प्रेम लामा र एक स्कलुका शिक्षक भन्छन्– ‘हाम्रो बस्ती जोखिममा छ , रातको समयमा समेत ध्वनि प्रदूषणले सुत्न सकिन्न, खेतीयोग्य जमिन मासिएको छ । दिउँसो विद्यार्थीहरूको पढाइ प्रभावित हुँदै आएको छ । ‘यहाँ हामी कुनै पनि किसिमको उत्खनन गर्न दिन्नौँ , यसअघि नै हामीले स्थमानीय वडा कार्यालयदेखि गाउँपालिका हुँदै अख्तियार, वन तथा वातावरण मन्त्रालयसमेत लाई निवेदन दिइसकेका थियौँ ।’

मंगलबार व्यवसायीले राती आफूहरू विरुद्ध नै व्यवसायी र प्रहरीले ज्यादती गर्न खोजेपछि सबै गाउँले उत्रँदै प्रतिकार गर्नु परेको बताएका छन् । एक ९८ बर्षीय स्थानीयले भने – ‘मेरो खेत यही सुनकोशी किनारकै आशपासमा मात्रै छ, अब कसरी उत्पादन गर्न सकिएला यही कारण सिँचाइका कुरो लानसमेत सकिरहेका छैनौँ, हामीले भूकम्पमा भत्केको घर बनाउँन बालुवा बगरबाट लिउँन नपाउने उनीहरू रातारात करोडौँ मिलेमत्तोमा कमाउने यो कस्तो न्यायोचित हुन्छ ?’

आफ्नो बस्ती, स्कुल र स्वाथ्य चौकीसमेत सो उत्खनन्बाट प्रभावित हुने भन्दै उनीहरूले व्यवसायीविरुद्ध कडा प्रतिवादमा उत्रनु परेको बताएका छन् । बुधबार स्थानीय विद्यार्थीलगायतले गाउँमै प्ले कार्ड सहितको अवैध वालुवा उत्खनन् रोक्नुपर्ने माग गर्दै नाराबाजी सहित ¥्याली निकालेका छन् । दुवाकोट कन्सट्रक्सन एवं शालीनदी निर्माण सेवा प्रा.ली र तेमाल गाउँपालिकाबीच २०७५ माघ ५ गते तेमाल गाउँपालिका–२ को चुखावेशी बगर र तेमाल गाउँपालिका–३ चिउरी आँप बगरको बालुवा, ग्रावेल संकलन एवं विक्रि बितरण गर्न ठेक्का सम्झौता भएको थियो ।

केही दिनअघि मात्रै सो कन्ट्रक्सनका प्रमुख व्यवसायी सत्यमान लामाले पनि बनेपामा एक पत्रकार सममेलन गरी आफुहरूलाई केही स्थानीय अराजक गतिविधि गर्ने समूहले धम्की दिँदै सेयर चाहियो भन्दै काम गर्न नदिएको र सो जवातावरण सहज बनाइदिन प्रहरी प्रशासनसँग अपिल गरेका थिए । यस विषयमा जिल्ला समन्वय समितिले बुधबार नै सबै अवैध ठहर भएका क्रसर उद्योग र बालुवा उत्खनन्को बिषयमा के गर्ने भन्ने निर्णय बारे स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको बताएका छन् । अब के हुन्छ भन्नेबारे भने कुनै निर्णयहरू बाहिर आएका छैनन् । हाल काभ्रेको सबै क्रसर उद्योग रोक्न परिपत्र गरिएको बताइएको छ ।

प्रतिक्रिया