‘फेरी आयो राजा’ मा टंक र अञ्जलीकाे ठुम्का

काठमाडौँ । गायक टंक तिमिल्सिनाको नयाँ गीत ‘फेरी आयो राजा’ बजारमा आएको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत गायक तिमिल्सिनाको आफ्नै एकल आवाजमा रहेको छ । उनले सोही गीतको शब्द लेखन साथै संगीतसमेत भरेका छन् भने केसव बडुले एरेन्ज गरेका हुन् ।

त्यस्तै भिडियोतर्फ बिक्रम चौहानले निर्देशन गर्नुका साथै प्रकाश खड्काले छायांकन गरेका छन् । गायक तिमिल्सिनाको आफ्नै युट्युब च्यानलमार्फत केही दिन अघि सार्वजनिक गरिएको उक्त गीत दर्शक स्रोताको रोजाइमा परेको छ ।

मिलन विश्वकर्माले सम्पादन गरेको सोही गीतको भिडियोमा मोडेल अञ्जली अधिकारी र नबिन बिष्ट सँगै गायक टंक आफैले अभिनय गरेका छन् । गायक तिमिल्सिनाले पछिल्लो समयमा आफुलाई लोकप्रिय गायकको रुपमा स्थापित गराउन सफल भएका छन् ।

उनका आवाजमा दर्जनभन्दा बढी गीत बजारमा चर्चित छन् । बिगतका गीतहरु जस्तै यस गीतले पनि सबै दर्शक स्रोताको मायाँ पाउनेमा आफु विश्वसनीय रहेको तिमिल्सिनाले बताए ।

प्रतिक्रिया