सशस्त्रद्धारा २२ लाखको सामान बरामद

रौतहट । जिल्लाको विभिन्न स्थानहरुबाट सशस्त्र प्रहरीले २२ लाख मूल्य बरावरको मालसामानहरु बरामद गरेको छ । नेपालबाट भारत तर्फ फर्निचर लोड गरेर गइरहेका नम्वर प्लेट नभएको ट्रेक्टरलाई सशस्त्र प्रहरीको ११ नम्वर गणबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको छ । यता मंगलबार दिउसो वृन्दावन नगरपालिकाको हर्षाहा चोक बाट बनबाट चोरेर ल्याईएकोे काठ सहित ना. १ त. ६९९१ नम्वरको ट्रेक्टरलाई नियन्त्रणमा लिएको बताइएको छ । टेक्टरमा ९ थान सालको गोलिया र १ थान सिसौ जातको काठको गोलिया लोड गरेर लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा आवश्यक कारवाहीको लागि जिम्मा लगाइएको सशस्त्र प्रहरी वल रौतहटका एसपी कृष्ण ढकालले जानकारी दिए ।

यसैगरी सिमापारी भारतीय बजारबाट अबैध रुपमा लक्ष्मिपुर वेलविछवा नाका भएर नेपाल प्रवेश गराएका कष्मेटिक र कपडालत्ता सहित दुई वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिदै उक्त सामान करिव ३ लाख २० हजारको बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको ढकालले बताए ।

काठ सहित दुई वटा ट्रेक्टर, दुई मोटरसाइकल, कष्मेटिक सामान, कपडा सहित २२ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिएर अबैध कारोवार संचालन गर्ने व्यापारीको ढाँड भाँच्चिएको बताउदै सशस्त्र प्रहरीका एसपी ढकालले अबैध व्यापार गर्न पल्केका व्यापारीहरु यहाँबाट पलायन हुने विश्वास व्यक्त गरे । अबैध कार्यलाई नियन्त्रण गर्नमा स्थानीय बासिन्दाहरुको सहयोगको अपेक्षा समेत उनले गरे ।

प्रतिक्रिया