विश्व खाद्यका डिपुटी ईडी र राज्य मन्त्री चौधरीबीच भेटबार्ता

रोम । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी नेतृत्वको टोली र विश्व खाद्य कार्यक्रमको उप कार्यकारी निर्देशक अमीर महम्म अब्दुलाह बिच भेट बार्ता भएको छ । ईटली रोम स्थित विश्व खाद्य कार्यक्रमको केन्द्रिय कार्यलयमा भएको भेट बार्तामा मन्त्री चौधरीले WFP ले नेपाल सरकार सङ्ग गरि रहेको सहकार्य उल्लेखनीय रहेको छ । खास गरि नेपालमा स्कुलका बच्चाहरुको खाना ,बच्चा र आमाको स्वास्थ, सिचाइ, खाद्य सुरक्षा , भुकम्प गए पछि र त्सपछाडी र बाढीपीडितहरुलाइ गरेको सहयोग मनन योग्य रहेको राज्य मन्त्री चौधरीले बताइन र थप सहयोगको लागि अब्दुलाहलाइ आग्रह गरीन ।

सो अवसरमा उप कार्यकारी निर्देशक ले नेपाललाई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । कृषि तथा पशुपक्षी बिकास क्षेत्रमा नेपाल सङ्ग मिलेर थप कार्यक्रम संचालन गर्ने तथा हाल संचालन रहेको खाद्य अनुगमन प्रणालीलाई स्थानीय सरकार र प्रदेश सरकार सम्म सफल रुपमा कार्यन्वयन गर्न सहयोग गर्ने विषय बस्तुमा छलफल भएको थियो ।

सो अवसरमा एसिया क्षेत्रीय विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड काटरुडले नेपालको बारेमा नजिक बाट हेरी राखेको र अब ५ बर्षे योजना बनाएर अगाडी बढने बताए । साे अवसरमा उप कार्यकारी निर्देशकले गत november मा नेपाल सरकारको तर्फ बाट अर्थमन्त्री डा युवराज खतिवडाको भ्रमण कृषि क्षेत्रको बिकासमा जोड दिएको कुरा समेत सम्झना गराएको थियो । साथै अब्दुलाहले छिटै नेपाल भ्रमण गर्ने वचन पनि दिए ।

प्रतिक्रिया