ह्यान्डबलमा कास्की पहिलो

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश छनोटअन्तर्गत पुरुष ह्यान्डबलमा कास्कीले स्वर्ण जितेको छ । फाइनलमा कास्कीले बागलुङलाई ३६–१० गोल अन्तरले पराजित ग¥यो । नवलपुरले स्याङ्जालाई हराउदै काश्य हात पा¥यो ।

छनोटअन्तर्गत सोमबार आइटिएफ तेक्वान्दोका खेलहरू सम्पन्न भएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदक तथा प्रमाण–पत्र वितरण गरेको खेलाडी व्यवस्थापन समितिका संयोजक दिपक तिमिल्सिनाले बताए । सोमबारदेखि क्रिकेट छनोटका खेलहरू सुरु भएका छन् ।

प्रतिक्रिया