एडभान्स र क्याम्ब्रिज उपाधि नजिक

काठमाडौं । एड्भान्स र क्याम्ब्रिज दोस्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । एड्भान्सले जगत मन्दिरलाई २–१ को सेटमा पराजित ग¥यो । क्याम्ब्रिजले लाइसियम मोडेललाई २–० को सोझो सेटमा पराजित ग¥यो ।

सोमबारै भएको क्वाटर फाइनलमा लाइसियमले ग्लोबल, एड्भान्सले ज्ञान निकेतन, जगत मन्दिरले सम्भावी र क्याम्ब्रिजले रिभेरालाई समान २–० को नतिजामा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया