टाइमलाइन र विनायक क्वाटर फाइनलमा

काठमाडौं । टाइमलाइन र विनायक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

टाइमलाइनले काठमाडौं विनायक शिक्षालयलाई १–० गोलले पराजित ग¥यो । टाइमलाइनका समिर खड्काले निर्णायक गोल गरे । विनायकले ग्रिनविचलाई २–१ गोलले हरायो । विनायकका अनुप कार्की र रोहन लामाले गोल गरे ।

ग्रिनविचका अनुज घिमिरेले १ गोल फर्काए । अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा ग्लोबल र मानाङ्क प्रिक्वाटर फाइनलमा पुगे ।

ग्लोबलले गेट्वे एकेडेमीलाई २–० गोलले पाखा लगायो । ग्लोबलका सुमित अधिकारी र ऋतिक न्यौपानेले गोल गरे । मानाङ्कले विद्याआर्जनलाई सडन डेथमा पन्छायो ।

प्रतिक्रिया