नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

काठमाडौं । नेपालले सोमबारबाट थाइल्यान्डमा सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एसिया क्वालिफायरमा मलेसियासँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्दै छ । सन् २०२० मा हुने ट्वान्टी–२० विश्वकप र २०२१ मा हुने एकदिवसीय विश्वकपको यो प्रतियोगिता पहिलो खुड्किलो रहेको छ ।

आयोजक थाइल्यान्डसँगै नेपाल, युएई, मलेसिया, चीन, हङकङ र कुवेतले राउन्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले ६–६ खेल खेल्नेछन् । विश्वकपमा पुग्ने पहिलो खुड्किलोको रूपमा लिएको यो प्रतियोगिताको शीर्ष टोली ग्लोबल क्वालिफायरका लागि योग्य हुनेछ ।

जुन दुवै स्पर्धाका विश्वकपका लागि मान्यता दिइएको छ । पहिलो ट्वान्टी–२० र अर्को एकदिवसीय हुनेछ । न्यूनतम अभ्यासका बापजुत पनि थाइल्यान्डमै भएको ट्वान्टी–२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला टोली उच्च मनोबलका साथ पुनः थाइल्यान्ड पुगेको हो । छनोट प्रतियोगिता सोमबारबाट सुरु भए पनि नेपालले पहिलो खेलमा मंगलबार मलेसियासँग खेल्दै सुरुआत गर्नेछ ।

प्रतिक्रिया