दुर्घटनामा घाइते बाराका सीडीओ भट्टराईको निधन

काठमाडौं । सडक दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज सोमबार निधन भएको छ । गएको माघ ११ गते भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।

एसपी पोखरेलको घटनास्थलमै ज्यान गएको थियो भने भट्टराई गम्भीर घाइते भएका थिए । भट्टराईको उपचारका क्रममा आज दिउँसो काठमाडौं त्रिवि शिक्षण अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाउको छ । पिकनिक खाएर कलैयाबाट निजगढ फर्कने क्रममा ना १ झ १६३३ नम्बरको स्कर्पियो गाडी दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया