सन नेपाल लाइफ र कामना बैंकबीच बैकास्योरेन्स

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।

सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरूले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । साथै, उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमा लेखहरू कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरूमार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया