स्मार्टको सेवा ४५ जिलामा

काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीको नेटवर्क ४५ जिल्लामा पुगेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगरलगायत नेपालका आधिकांश प्रमुख सहरहरूमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ । यो विस्तारसँगै कम्पनीको फोर जी सेवा अब १९ जिल्लामा, टू जी सेवा २६ जिल्लाहरूमा पुगेको छ ।

स्मार्टको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कन्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ, झापा तथा सुनसरीमा पुगिसेको छ । १० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुने स्मार्टको सेवाग्राहकहरूमाझ अत्यन्त रुचाइँदै आएको छ । स्मार्टको इन्टरनेट अन्य दूरसञ्चारहरूको तुलनामा अत्यधिक गतिको रहेको छ । स्मार्ट डाटा सेवाका लागि कम्पनीले फोरजी एलटिई प्रविधियुक्त सेवाप्रदान गरेको छ ।

यो मोबाइल डाटाका लागि संसारमै सबैभन्दा बढी रुचाइएको प्रविधि हो । कम्पनीले नेपालका ग्रामीण भेगहरूका आफ्नो सञ्जाललाई क्रमशः विस्तार गर्दै गइरहेको छ । कम्पनीले आफ्नो गुणस्तरीय, दु्रत सेवा तथा कभरेजद्वारा ग्राहकलाई सेवाप्रदान गरी अगाडि बढाउन आफ्नो लगानी वृद्धिसमेत गर्दै आएको छ ।

प्रतिक्रिया