अक्षरिका र श्रमशील प्री–क्वार्टर फाइनलमा

काठमाडौं । अक्षरिका र श्रमशील चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । अक्षरिकाले एम्सलाई ५–२ गोलले पराजित ग¥यो । अक्षरिकाका लागि अनिश पुन मगरले ह्याट्रिक गरे भने नियोग चौलागाईंले २ गोल थपे ।

एम्सबाट दुवै गोल सुजन तामाङले फर्काए । श्रमशीलले किड्स इन्टरनेसनललाई २–० गोलले हरायो । श्रमशीलका सुनिल कट्वाल र प्रकाश बस्नेतले गोल गरे । काँडाघारीस्थित अर्किड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा करियर, विनायक र अभिषेक ज्ञान मन्दिर (एजीएम) पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुगे ।

करियरले हाइली क्रिएटिभलाई सडन डेथमा पाखा लगायो । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । विनायकले कौस्तुभमाथि २–१ को कठिन जित निकाल्यो । विनायकका मनीष मगर र अनुप कार्कीले गोल गरे । कौस्तुभका दिपेश थापाले सान्त्वना गोल गरे । पाणिनी विरुद्धको खेलमा एजीएम २–० गोलले विजयी भयो । एजीएमका राजिव श्रेष्ठ र निश्चल पराजुलीले गोल गरे ।

प्रतिक्रिया