दक्षिण अफ्रिकामाथि श्रीलंकाको जित

एजेन्सी, डर्बान । कुशल परेराको बलियो शतकप्रेरित श्रीलंकाले शनिबार घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा एक विकेटको रोमाञ्चक जित निकालेको छ । चौथो दिनको समाप्तिमा पेरराले करियरको उत्कृष्ट प्रदर्शन गर्दै १ सय ५३ रनको अविजित इनिङ खेल्दा श्रीलंकाले दक्षिण अफ्रिकाको मैदानमा खेलको १४ टेस्टमा दोस्रो जित निकालेको छ । परेराले अन्तिम विकेटका लागि विश्वा फर्नान्डोसँग ७८ रनको अविजित साझेदारी गरेका थिए । ३ सय ४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २ सय २६ रन मात्र जोड्दा ९ विकेट गुमाएपछि हारनजिक पुगेको अनुमान गरिएको थियो ।

तर, परेराले अन्तिम विकेटका लागि फर्नान्डोसँग ९६ बलको साझेदारी गर्दा अधिकांश स्ट्राइक आफ्नो पक्षमा लिँदै इनिङ बचाइराखे । त्यसक्रममा फर्नान्डोले २७ बलको मात्र सामना गरेका थिए । नवौं विकेट पतन हुँदा परेरा ८६ रनमा ब्याटिङ गरिरहेका थिए । यद्यपि, परेरा स्ट्राइक आफ्नो पक्षमा राख्दै १ सय ५३ रनको अविजित इनिङ खेले । त्यसक्रममा २ सय बलको सामना गरेका परेराले १२ चौका र पाँच छक्का हिर्र्काए ।

दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले परेरालाई सुपरम्यानको संज्ञा दिँदै उनले पाएको सफलता लायक रहेको बताए । २ सय ६३ रन हुँदा नयाँ बल परिर्वतन गरे पनि दक्षिण अफ्रिकाले धेरै मात्रमा फिल्डर बाउन्ड्री लाइनमै राखेको थियो । तर, परेराले डेल स्टेन र कागिसो रबाडाको बलमा छक्का प्रहार गरे । खेल अघि ३० को स्ट्राइक रेटमा ब्याटिङ गरेका परेराले पछिल्लो शतक भने दुई वर्ष अगाडि जिम्बाब्वेविरुद्ध प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाविरुद्ध परेराले चौथो विकेटका लागि डेब्यु गरेका ओसाडो फर्नान्डोसँग ५८ रन र छैटौं विकेटका लागि धनन्जय सिल्भासँग ९६ रनको साझेदारी गरेका थिए । तर, फर्नान्डो ३७ रन र सिल्भा ४८ रनमा पवेलियन फर्केपछि श्रीलंकाको इनिङ धरमरायो । ‘म केही थकित भएको छु , के जवाफ दिउ दोधारमा छु,‘ प्लेयर अफ दी म्याचको अवार्ड लिए अवार्ड लिएपछि परेराले भने ,‘मैले आफ्नो तर्पmबाट सक्दो प्रयास गरे ।’

प्रतिक्रिया