विद्यार्थीले त्रिविवि कार्यालय घेराउ गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गरेर निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र अखिल (क्रान्तिकारी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विरोधअन्र्तगत सोमबार उपकुलपतिको कार्यकक्षमा प्रदर्शन सहित घेराउ र मंगलबार देशभरका क्याम्पसमा प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गर्ने कार्यक्रम तय गरेको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अघि गत माघ २८ गतेको बैठकले फागुन २ गते सम्म कार्यतालिका सार्वजनिक गर्न अल्टिमेटम दिएको थियो । तर, आफ्ना मागमा त्रिभुवन विश्वविद्यालयले कुनै वास्ता नगरे पछि उक्त निर्णय गरेको अध्यक्षद्वय नविना लामा र रंजित तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले त्रिवुभन विश्वविद्यालयले समयमा चुनावमा गर्ने वातावरण निर्माण नगरेकाले प्रदर्शनको कार्यक्रम घोषणा गरिएको जानकारी दिएका छन् । उनले भने‘स्ववियु निर्वाचन नभएको आठ वर्ष पुरा भैसक्यो । त्रिवीले निर्वाचनको मिती त निर्धारण गर्याे । तर, चुनाव हुने संभावना न्युन भएको छ ।’उनले अघि भने ‘त्रिवीलाई निर्धारित मितीमै चुनाव हुने वातावरण निर्माणका लागि दबाब दिन विरोध कार्यक्रम गर्न लागिएको हो ।’

तत्कालिन एमाले र माओवादीको एकिकरण भए पनि विद्यार्थी संगठनको एकता हुन बाँकी नै रहेकाले दुवै दलका तत्कालिन विद्यार्थी संगठनका दुवै अध्यक्षहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आएका छन् । दुबै अध्यक्षद्वारा आईतबार जारी संयुक्त विज्ञप्तिमा ‘त्रिवि आफैंले तोकेको स्ववियू निर्वाचनको मिति नजिकिईसक्दा पनि कार्यतालिका सार्वजनिक नगरिएको घटनाप्रति गम्भिर भएको’ उल्लेख छ । निर्वाचन गर्ने सहज वातावरण हुँदा हुँदै पनि अहिलेसम्म कार्यतालिका प्रकाशित नगर्नुले राजनीतिक भागवण्डामा आएको त्रिविको नेतृत्व कुनै अमुक दल वा अमुक संगठनको दवावमा परेर चुनाव नगराउन उद्दत त छैन भन्ने गम्भिर प्रश्न खडा भएको विज्ञप्तिमा उल्लेख छ ।

दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ यता हुनसकेको छैन । विवाद हुँदा २०६९ सालमा अन्तिम समयमा निर्वाचन स्थगित भएको थियो । त्रिवीले गत पुषमा नै त्रिवीका सबै आंगिक क्याम्पसमा फागुन १४ निर्वाचनको तयारी गर्न परिपत्र जारी गरेकाmे थियो । तैपनि, चुनावको वातावरण निर्माण हुन सकेको छैन देशभरी गरेर त्रिविले सम्बन्धन दिएका एक हजार ८५ सामुदायिक र निजी क्याम्पससमेत छन् । ती मध्ये एक सय ५० भन्दा बढी सामुदायिक कलेजहरूले पनि स्ववियु निर्वाचन गराउँदै आएका छन् ।

प्रतिक्रिया