सरकार भ्रष्टाचारमा डुब्योः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा रहेको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएको छ ।

सरकारको एक वर्ष पुगेको अवसर पारेर पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले एक वर्षको अवधिमा सरकारले भ्रष्टाचारमा अग्रगामी छलाङ मात्र मारेको आरोप लगाएको हो । ‘शासकीय योग्यता प्रधानमन्त्रीमा देखिएन,’ प्रत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रका शर्माले भने, ‘भ्रस्टाचारमा अग्रगामी छलाङ मार्यो । भ्रस्टाचार संस्थागत भएको अभिव्यक्ति राष्ट्रपतिबाट नै आयो ।’

उनले आफूहरूले सरकारलाई कुनै असहयोग नगरे पनि सरकार कुइरोको कागजस्तै भएको बताए । ‘जग त हालियो तर बालुवाको जग हालियो,’ उनले भने । बुढी गण्डकी आयोजनाको मुख्य दोषी प्रधानमन्त्री नै भएको आरोप शर्माले लगाए । कर्मचारीको भावनालाई सकारले कुण्ठित गरेको भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारलाई निकम्मा बनाएको आरोप पनि लगाए ।

त्यस्तै चिकित्सा विधेयक जबर्जस्ती पारित गरी प्रधानमन्त्रीले सम्झौता तोड्ने काम गरेको पनि उनले दावी थियो । प्रवक्ता शर्माले सवैधानिक परिषदको बैठक संविधान विपरित बसेर निर्णय गरेको पनि आरोप सरकारप्रति लगाए ।

प्रतिक्रिया