‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो ।

प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए ।बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।

प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुनः स्मरण गराएको छ । नेपाल कम्युनिष्ट पार्टी सत्तापक्षको आक्रोश पछि नै गायक पशुपती शर्माले युट्युबबाट गीत हटाएका थिए । यस गीतलाई देशका जनताले धेरै मन पराएका छन् ।

देशमा भएका भ्रष्टाचार र बिकास नहुनुमा मुख्य बिषयमा भ्रष्टाचारी नेता तथा कार्यकर्ताहरुलाई ब्यङ्ग गरी गीतमा उतारिएको छ । गायक शर्माले भने आफु कुनै राजनीतिक पार्टीसँग आबद्ध नभएको र यस्तै भ्रष्टाचारका बिरुद्ध गीत निकाल्दा विवादमा तानिन्छु भन्ने कुरा नसोचेको बताएका छन् ।

प्रतिक्रिया