चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (भिडियो)

काठमाडौं । नेपाली चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक भएको छ । पूर्वी नेपालको सामान्य कथामा आधारित चलचित्रको उक्त ट्रेलर काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । पूर्वी नेपालको कथा झल्काउने गरी चलचित्र निर्माण गरिएको निर्माण पक्षले बताएको छ ।

सोही ट्रेलरमा गाउँले परिवेशलाई दर्शाइएको छ । सन्तोष राई र भिषण राईको कथा तथा पटकथा रहेको उक्त चलचित्रलाई भिषण राईले निर्देशन गरेका हुन् । आगामी चैत्र १ गतेमा रिलिज हुने यस चलचित्रमा अनुप, वर्षा र मालाका अलावा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बादल श्रेष्ठ, टीकाराम राई लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया