‘लुट्न सके लुट’ को बिषयमा प्रतिष्ठानलाई नजोड्न पशुपती शर्माको आग्रह

काठमाडौँ । देशमा भ्रष्टाचार र विभिन्न घटनाको बिरुद्धमा आएको चर्चित गायक पशुपती शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइदैन नेपालमै छ छुट’ बोलको गीत युट्युबबाट हटेपछी देशमा जनताहरु कतिपय सरकारसँग आक्रोशित भएका छन् भने कतिपय गायक पशुपतिको समर्थनमा उत्री रहेका छन् ।

उक्त गीतमा देशमा भएका नकारात्मक पक्षलाई शब्दमा समावेश गरी गीतलाई व्यंगात्मक तरिकाले प्रस्तुत गरिएको थियो । गत शुक्रबार सार्वजनिक भएपछी युट्युबको ट्रेन्डीङमा समेत परिसकेको थियो ।

तर उक्त गीतले नेपाल सरकार र कर्मचारीहरुलाई असर पारेको भन्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गायक पशुपती शर्मालाई बहिस्कार तथा कारबाहीको माग गर्दै गीतलाई बन्द गर्न पर्ने माग भएको चौतर्फी हल्ला भएपछी गायक पशुपती शर्माले युट्युबबाट गीत हटाएका हुन् ।

उनले उक्त गीत हटाउन भन्दा अगाडी त्यही गीत डाउनलोड गरी अन्य युट्युब च्यानल र सामाजिक सञ्जालमा भाइरल भएर विभिन्न टिका टिप्पणी हुन थालेपछी पशुपती शर्माले आफ्नो फेसबुकमा स्टाटस लेखेर विविध कारणबाट गीत हटाएको बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रथम उपाध्यक्ष समेत रहेका गायक शर्माले सम्पूर्ण नेपालीहरुकै मायाँले आफु कलाकार बन्न सफल भएको बताउँदै यस गीत ‘लुट्न सके लुट कान्छा’ को बिषयमा लोकदोहोरी प्रतिष्ठानलाई जोडेर कुनै पनि समाचार प्रचारप्रसार नगर्न आग्रह गरेका छन् । उनलाई युवा संघ नेपालले यस गीत बिरुद्ध बिज्ञप्ती निकालेरै कडा चेतावनी समेत दिएको थियो ।

पशुपती शर्माको स्टाटस जस्ताको तस्तै

Pashupati Sharma
2 hrs ·
मैले हिजो मात्र बिबिध कारणले मेरो आधिकारिक YouTube channelबाट हटाएको गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको बिरोधको रुपमा सिर्जना नगरेको प्रष्ट पार्न चाहान्छु,त्यो बिशुद्द भ्रष्टाचार र धेरै बर्ष देखी बिधमान बिसंगती र विकृति बिरुद्द मात्र थियो र छ पनी भन्न चाहान्छु र यसै बिषयमा म अनी म प्रथम उपाध्यक्ष रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रती लक्षित गरी केहि प्रचार प्रसार नगरीदिनु हुन पनी बिनम्र अनुरोध गर्दछु,,,यहाँहरुकै आशीर्वाद र मायाले मात्र म कलाकारको रुपमा स्थापित भएकाले यहाहरुले मलाई दर्शाउनु भएको माया र सद्भाव प्रती धेरै धेरै आभारी छु,,

प्रतिक्रिया