पत्रकार महासंघलाई १० हजार सहयोग

दमौली । कम्प्युटर एशोसिएशन महासंघ क्यान गण्डकी प्रदेशले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि रु १० हजार पाँच रुपैयाँ सहयोग उपलब्ध गराएको छ । क्यानका अध्यक्ष चिन्तामणि बास्तोला तथा कास्की शाखाअध्यक्ष युवराज पौडेलले महासंघका अध्यक्ष ओमकार आचार्यलाई उक्त रकमको चेक प्रदान गरेका हुन् ।

पत्रकार महासंघ सबैको साझा संस्था भएकोले यसको भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएशनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताए । महासंघका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न संघ संस्था एवं व्यक्तिले सहयोग गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया