रानीको ‘मर्दानी २’

एजेन्सी, मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जीको नयाँ चलचित्र ‘मर्दानी २’ को सुटिङ मार्चबाट हुने भएको छ । सन् २०१६ को हिट चलचित्रका रूपमा बलिउडमा चिनिएको ‘मर्दानी’ को सिक्वल बन्ने भएको हो । यस चलचित्रमा उनलाई शिवानी शिवाजी रोयको रूपमा पुनः दर्शकले हेर्न पाउने भएका छन् ।

निर्माण पक्षका अनुसार यस चलचित्रको सुटिङ मार्च १८ देखि हुनेछ । पहिलो सिक्वलमा इन्सपेक्टरको भूमिका निर्वाह गरेकी रानी यसमा भने एसपीको भूमिकामा देखिने भएकी छन् । चलचित्रमा उनले २१ वर्षिया खलनायकविरूद्ध एक्सन गर्ने जनाइएको छ । ‘मर्दानी’ को पहिलो शृंखला लेखेका गोपी पुथरनले ‘मर्दानी २’ को निर्देशन गर्दै छन् ।

प्रतिक्रिया