विश्वरूपा र गजेन्द्रलाई उपाधि

काठमाडौं । पाँचौँ ओपन रोड रेसको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरूपा बुढाले जितेकी छन् ।  प्यारागन पब्लिक स्कुलको आयोजनामा शनिबार भएको पाँच किलोमिटर रोड रेसमा आर्मीका गजेन्द्र १५ मिनेट २७ दशमलव २५ सेकेन्ड समयका साथ च्याम्पियन भएका हुन् । च्याम्पियन गजेन्द्रले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । गजेन्द्रसँगै आर्मीले शीर्ष तीनमै बाजी मा¥यो । आर्मीका हरिकुमार रिमाल दोस्रो तथा टीकाराज कटुवाल तेस्रो भए ।

हरिले निर्धारित दूरी तय गर्न १५ मिनेट ३५ सेकेन्ड समय लगाउँदा टीकाराजले १५ मिनेट ३५ दशमलव ५० सेकेन्ड समयमा सिध्याए । तिलगङ्गास्थित प्यारागन स्कुलको प्राङ्गणदेखि सुरु भएको प्रतियोगिताको महिला खुलातर्फ आर्मीकी विश्वरूपा बुढाले निर्धारित ५ किलोमिटर दूरी १८ मिनेट १ दशमलव ६६ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भइन् । विश्वरूपाले २५ हजार रूपैयाँ प्राप्त गरिन् ।

दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेन्डमा र तेस्रो स्थानकी नेपाल पुलिसकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेन्ड दूरी पूरा गरिन् । दोस्रोले १५ हजार र तेस्रोले समान १० हजार रूपैयाँ प्राप्त गरे । ब्वाइज ओपनमा सन्तोषनाथ योगी पहिलो, नवीन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थानमा रहे । गल्र्स ओपनमा पहिलो भएकी विनिता स्याङ्तान १० हजार रुपैयाँ प्राप्त गरिन् ।

त्यस्तै विलाक्षी गौतम दोस्रो र एलिना केसी तेस्रो स्थानमा रहँदा क्रमशः ५ हजार र २ हजार ५ सय रूपैयाँ प्राप्त गरे । अल्मुनाइतर्पm पुरुषमा पेम्वा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन भए । दुवैले समान १० हजार रूपैयाँ पाए । इन हाउस अभिभावकतर्फ करातेकी राष्ट्रिय खेलाडी अनु अधिकारी पहिलो भइन् ।

सुनिता राई दोस्रो तथा करातेकै तारा गुरुङले तेस्रो स्थानमा रहिन् । पुरुषतर्पm भेगबहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । करिब १ हजार जना धावकले प्रतिस्पर्धा गरेको म्याराथन तिलगङ्गास्थित प्यारागन स्कुलको प्राङ्गणबाट शुरु भई गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, सिनामङ्गल, एयरपोर्ट हुँदै स्कुल प्राङ्गणमा आएर सकिएको प्रतियोगिताका सदस्य मन्डेकाजी श्रेष्ठले जानकारी दिए ।

विजेतालाई अनुराधा कोइराला, पूर्वसभासद् गीता राणा, स्कुलकी प्रिन्सिपल बीना बानु र स्कुलका प्रवन्ध निर्देशक शाकिर उद्धिनले पुरस्कृत गरे । सोही अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्वर महर्जनलाई २५ हजार रूपैयाँसहित विशेष सम्मान गरिएको मन्डेकाजी श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया