विशालको संगीतमा मेलिना राइको आवाज ‘नजिक भएर’

काठमाडौँ । चर्चित गायिका मेलिना राईको एकल आवाजमा ‘नजिक भएर’ गीत सार्वजनिक भएको छ । गीतकार बिशाल निरौलाले सोही गीतमा शब्द रचेका छन् भने निरौलाले नै संगीत भरेका छन् । उत्तम रानाको सहयोगमा बिशाल निरौला कै सञ्चालानमा रहेको अलंकार स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको छ ।

त्यस्तै सिर्जन बरालले सोही गीतको भिडियो निर्देशन गरेका छन् भने प्रविन घिमिरेको छायांकन रहनुका साथै प्रदिप दाहालको सम्पादनमा तयार गरिएर केहि दिन अघि गीतको म्युजिक भिडियो बजारमा आएको छ । सोही भिडियोमा मोडेल सारिका केसी र भोजराज निरौलाको अभिनय रहेको छ ।

प्रतिक्रिया