अमनको ‘क्यार्नु नि हौ’

काठमाडौं । गायक अमन अलीको नयाँ गीतको भिडियो ‘क्यार्नु नि हौ’ सार्वजनिक भएको छ । दर्जनौँ गीतमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको भिडियोमा चार जना मोडल आरजे, प्रजिना, दिपा तथा जीवनले अभिनय गरेका छन् ।

गायक अमनको शब्द तथा स्वर रहेको गीतको संगीत कम्पोज विकास के. शंकरले गरेका छन् । मनोज राईले छायांकन गरेको भिडियोलाई राईले नै सम्पादन गरेका छन् ।

प्रतिक्रिया