सिभिल बैंक र सानिमा लाइफबीच सम्झौता

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । फागुन १ गते एक समारोहका बीच यो सम्झौता भएको हो । कम्पनीका महाप्रवन्धक शिवराम तिमल्सिना र बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुजित शाक्यले हस्ताक्षर गरे ।

कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक केशवराज केसी र बैंकका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थिति रहेको थियो । सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण शाखाबाट सानिमा लाइफको जीवन बिमा सेवा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया