जावलाखेलमा रेमन्डको छैटौँ सोरुम

काठमाडौं । विश्वप्रसिद्ध सटिङ सुटिङ ब्रान्ड रेमन्डले नेपालमा आफ्नो छैटौँ सोरुम ललितपुरको जावलाखेलमा शुक्रबार एक कार्यक्रमका बीच सुरु गरेको छ । नयाँ सोरुममा टेलरिङ सेवाबाहेक रेयमन्ड ब्रान्डका सर्ट, टाइ, इनर वेयरजस्ता सामग्रीहरू उपलब्ध छ । त्यसैगरी, यस सोरुममा ग्राहकले आफ्नो ईच्छा र चाहना अनुसार ८ हजार ४ सय ९९ देखि ५ लाखसम्म पर्ने रेमन्डको सुटहरू खरिद गर्न सक्नेछन् ।

यस ब्रान्डका कपडाहरूमा खुम्चिने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने ९परावैजनी किरणले ० अत्याधुनिक विशेषताहरूले गुणस्तरीय भएको सोरुमले जनाएको छ । यसले प्रयोग गर्ने कपडाहरूमा कसमिरि, महेर, आन्गोराजस्ता उच्च कोटिका कपडाहरू प्रयोग गरी तयार पारिएका रेमन्डका उत्पादनहरू अन्य ब्रान्डको उत्पादनभन्दा स्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमन्डले जनाएको छ ।

सटिङ सुटिङमा साथै रेमन्ड ब्रान्डमा प्रयोग हुने सामग्री मेरिनो उल्लबाट ल्याइन्छ भने उल्ल मार्क कम्पनीबाट यसले गुणस्तर चिह्न प्राप्त गरेको छ । रेमन्डका अध्यक्ष संजय अधिकारी आफ्नो ब्रान्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बाताउँछन् । त्यसैले, उपभोक्ताहरूलाई उनी यस ब्रान्डको प्रायोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमन्ड खरिद गर्न सक्ने बताए । नेपालको पुतली सडकमा उक्त ब्रान्डको आधिकारिक सोरुम पहिलोपटक सन् १९९९ मा सञ्चालनमा आएको थियो । विभिन्न पाँच स्थान दरबारमार्ग, न्युरोड, त्रिपुरेश्वर र नारायण घाटमा रहेका छन् । साथै, यसले देशका विभिन्न सहरहरूमा आफ्ना ब्रान्ड शाखाहरू विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।

प्रतिक्रिया